मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म विप्लव समूह वार्तामा नबस्ने

नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म विप्लव समूह वार्तामा नबस्ने


काठमाडौं  । आफ्नो पार्टीमाथिको प्रतिबन्ध फुकुवा र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । 
 
पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको भन्दै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ ।
 
‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्यूरो सदस्यले भने, ‘अब सम्भावना टर्यो, यता वार्तामा आउन भन्ने, उता हाम्रा साथीहरुको हत्या गर्ने ? हामीलाई यो कदापि स्वीकार्य छैन ।’
 
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्ना तर्फबाट वार्ताको पहल गरिरहेको ती नेताको भनाइ छ ।