काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवर्द्धन, कृषिको आधुनिकीकरण, उद्यमशीलता र पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए। ‘बजेट सन्तुलित, उद्देश्ययुक्त र कार्यान्वयनमुखी छ । बजेटका कार्यक्रमले युवालाई देशभित्रै राख्ने…