बोली–व्यवहार नरम बनाउनुस् : महानगर प्रमुख साह

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिएका छन् । ३३औं महानगर प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई अनुरोध गरे । ‘महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न…