काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सरकारले निर्माण गरेका नीतिनियम तथा कानून प्रभावकारी ढङ्गले कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालबाट भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित अन्तरक्रियामा उनले नेपाली राजनीतिमा सदाचार प्रवद्र्धनका लागि हरेक पार्टीले ध्यान दिनुपर्नेमा जोड दिँदै जनताको सेवा गर्छु भन्ने भावनाको जागृत हुनु आवश्यक रहेको बताए ।…