मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दक्षिण अफ्रिकामा विकसित नयां प्रविधि प्रयोग गरेर प्रदेश एकमा २० ग्रामिण सडक निमार्ण गरिने

दक्षिण अफ्रिकामा विकसित नयां प्रविधि प्रयोग गरेर प्रदेश एकमा २० ग्रामिण सडक निमार्ण गरिने


हिमालयखवर संवाददाता
विराटनगर- एक नम्बर प्रदेशमा यो आर्थिक बर्षमा न्यून लागत प्रबिधि प्रयोग गरी २० वटा ग्रामिण सडक निमार्ण गरिने भएको छ । यसमा दक्षिण अफ्रिकाको कम्पनी एटीएट चेम्को द्धारा विकसित प्रविधिको प्रयोग गरेर सस्तो लागतमा कालोपत्रे सडक निमार्ण गरिने प्रदेश मुख्यमुन्त्री शेरधन राईले जानकारी दिए ।
 
उपभोक्ता समितिमार्फत यी सडक निमार्ण गर्न मुख्य मन्त्री राईले निर्देशन दिएका छन् ।
 
उक्त किफायती प्रविधि वारे जानकारी दिन हालै विराटनगरमा एक कार्यत्रम आयोजना गरिएको थियो । नगरपालिका र गाउंपालिकाका प्रमुख सहभागी कार्यक्रममा कम्पनी प्राविधिकहरुले अलकत्रा प्रयोग गरेर सडक निमार्ण गर्नु भन्दा नयां प्रविधि प्रयोग गर्दा सडक टिकाउ, खर्च सस्तो गर्ने जानकारी दिएका थिए । यो प्रविधि नेपालमा अनिक ओभरसिजले ल्याएको हो ।
 
दक्षिण अफ्रिका, मलेसिया, इन्डोनेसिया लगायत विभिन्न देशमा यस प्रविधि मार्फत सडक निमार्ण भईरहेको जनाउंदै कम्पनीका प्राविधिकहरुले सीआरपी भनिने यो प्रविधि ग्रामिण र भित्रि सहायक सकडकका लागि अति प्रभावकारी हुने दावी गरे । यस प्रविधि मार्फत प्रति किलोमिटर ५० लाखमा टिकाउ कालोपत्रे करोडमा सडक निमार्ण गर्न सकिन्छ । जवकी परम्परागत प्रविधिवाट सडक कालोपत्रे गर्दा प्रति किलोमिटर करिव डेढ करोड रुपैंया पर्छ ।
 
यो प्रविधिले सडक वनाउंदा धुलो नउड्ने, बातावरणमा कुनै हानी नगर्ने, कम लागतमा चाडै सकड निमार्ण गर्न सकिने भएकाले ग्रामिण र शहरका भित्रि सडकका लागि उपयुक्त कम्पनीको दावी छ । यो प्रविधि उपयोग गर्दा ग्राभेल बलियो बनाउने, अलकत्रा स्प्रे गर्ने र पोलिमर ओछ्याएर सडकलाई चिल्लो पार्ने गरिन्छ ।
 
प्रदेश १ का भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव राजेशप्रसाद घिमिरेले मोरगंको थलाहामा यो प्रविधिवाट सडक निमार्ण गरिएको जानकारी दिए । नेपाली सेनाको सूर्यदल गण नजिकै यस्तो प्रविधिको प्रयोग गरेर सडक निर्माण गरिएको छ ।
 
अनिकका नेपाल प्रतिनिधि प्रकाश टिबडेबालाले नयां प्रविधि भएकाले यसवारेमा धेरै जिज्ञासा रहेको हुदां जानकारी दिन कार्यक्रम आयोजना गरिएको वताए । उनले यो प्रविधिवाट कम खर्चमा कालोपत्रे सडक निमार्ण गर्न सकिने दावी पनि गरे । उनले माग अनुसार चेम्कोले आफ्ना उत्पादन नेपालमा आपूर्ति गर्न सक्षम रहेको पनि जानकारी दिए । 
 

शेयर गर्नुहोस:

0
Shares