नेपाल

सिन्धुपाल्चोकमा बस दुर्घटना, १५ जनाको मृत्यु, १९ घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना, १५ जनाको मृत्यु, १९ घाइते


काठमाडौँ । दोलखा कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको बस आइतबार बिहान ८ बजे सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ यात्रु घाइते भएका छन् ।  
 
भक्तपुरबाट कालिञ्चोकतर्फ रिजर्भ गरी फर्किंदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकमा दुर्घटनामा परेको हो । बसका यात्रुमध्ये १५ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । 
 
उनका अनुसार घाइतेको संख्या यकिन हुन सकेको छैन । बस सुनकोशी गाउँपालिका–७ स्थित छ किलो भन्ने ठाउँमा दुर्घटनामा परेको हो । सो ठाउँ लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत पर्दछ । 
 
बस सडकबाट पाँचसय मिटर तल खसेको थियो । दुर्घटनामा आठ जना महिला, तीन जना पुरुष, दुई बालक र एक बालिका गरी १४ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।