अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार साँझ भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मृत्यु हुनेमा १० जना पुरुष र ८ जना महिला रहेको जनाइएको छ । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो…