घूस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घूस लिएको अभियोगमा पक्राउ गरेको छ ।    काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घूस लिएको पाइएको आयोगले जनाएको छ ।    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई…