मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेकपाद्वारा ठूला भेला र जनसभा स्थागित

नेकपाद्वारा ठूला भेला र जनसभा स्थागित


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नोबल कोरोना भाइरसको सङ्क्रमणका कारण ‘पार्टी एकता सुदढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’ अन्तर्गतका ठूला भेला स्थगित गरेको छ । 
 
सो पार्टीमा महासचिव विष्णुप्रसाद पौडेलले आज सर्कुलर जारी गरी पूर्वनिर्धारित ठूला भेला तथा जनसभा हाललाई स्थगित गरिएको जानकारी गराएका छन् । 
 
पार्टी तथा जनवर्गीय सङ्गठनका सबै तहका कमिटीका बैठक आयोजना गर्ने भने रोकावट गरिएको छैन । पार्टीका सङ्गठित सदस्य र साधारण सदस्यको सदस्यता नवीकरणसम्बन्धी कार्यलाई निर्धारित समयभित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाउन उनले निर्देशन दिएका छन् । 
 
सर्कुलरमा पार्टी जिल्ला कमिटीले कोरोना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा जानकारीमूलक पर्चा तयार गर्ने र आफ्नो जिल्लाका प्रत्येक घर र व्यक्तिसमक्ष पु¥याउन भनिएको छ । 
 
सबै तहका पार्टी कमिटीले आफ्नो तहका जनप्रतिनिधि, सामाजिक जीवनका अगुवा र स्थानीय सञ्चारमाध्यमसँग समन्वय गरी कोरोना भाइसरबाट बच्ने उपायका सम्बन्धमा जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न पार्टीले सर्कुलरमा उल्लेख गरेको छ । 
 
यसैगरी पार्टीले सदस्यता शुल्क तोकेको छ । यही फागुन १८ गते भएको केन्द्रीय सचिवालय बैठकले २०७५ जेठ महिनादेखि लागू हुने गरी सङ्गठित सदस्यता शुल्क मासिक रु २५ र साधारण शुल्क मासिक रु १० कायम गरिएको महासचिव पौडेलद्वारा जारी सर्कुलरमा उल्लेख गरिएको छ ।