नेपाल

डेमोक्रेटिक प्राइमरीकी उम्मेदवार एलिजावेथ वारेन चुनावी मैदानबाट बाहिर

डेमोक्रेटिक प्राइमरीकी उम्मेदवार एलिजावेथ वारेन चुनावी मैदानबाट बाहिर


अमेरिका – अमेरिकी राष्ट्रपति चुनावका लागि डेमोक्रेटिक प्राइमरीकी उम्मेदवार एलिजावेथ वारेनले चुनावी मैदान बाट बाहिरिएकी छिन् । सुपर ट्युजडे प्राइमरी र ककसमा राम्रो परिणाम नआएपछि उनले चुनावी मैदान बाहिरिएकी हुन् । 
 
अब डेमोक्रेटिक प्राइमरीमा जो बाइडेन र बर्नी स्याडर्स आमने सामने भएका छन् । अहिलेसम्मको चुनावी डेमोक्रयाटीक पार्टीवाट जो वाइडेन र बर्नी स्याण्डर्स मध्ये एक जना राष्ट्रपति पदको उम्मेदवार हुने लगभग तय भएको छ । उम्मेदवार छनौटका लागि मंगलवार भएको पार्टीभित्रको आन्तरिक निर्वाचनपछि पुर्व उपराष्ट्रपति वाइडेन बलिया प्रतिस्पर्धी भएर आएका छन् । 
 
अव यी दुई मध्ये एकजनाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिने छन् ।
 
तस्बिर : सामाजिक संजाल 

शेयर गर्नुहोस:

0
Shares