भोजपुर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिले संघीयतालाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताएका छन् । देश नयाँ संरचनामा गएपछि जनताले सुशासनको अनुभूति गर्न पाएको भए पनि स्वदेशी तथा विदेशी शक्तिहरु यसलाई समाप्त बनाउने खेलमा लागेको उनको भनाइ छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा आयोजित ‘टेम्केमैयुङ मुन्दुम सांस्कृतिक महोत्वस–२०७६’ को उद्घाटनका लागि…