काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएका समस्याको प्रभावकारी समाधानका लागि सरकारलाई कर्तव्य सम्झाउने काम विपक्षीको धर्म भएको बताएका छन् । मुलुकभर लकडाउन लागू भएपछि आज पहिलोपटक बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै उनले अहिले सरकारको कर्तव्य जसरी हुन्छ कोरोना रोकथामका उपायको खोजी गर्ने, स्वास्थ्यकर्मीको सुरक्षा गर्ने, देशलाई…