मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप ८८ सहित कोरोना संक्रमितको संख्या ९९० पुग्यो

थप ८८ सहित कोरोना संक्रमितको संख्या ९९० पुग्यो


काठमाडौँ । चितवनको भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा नमुना परीक्षण गरिएका थप एक जनासहित बिहीबार थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  
 
जेठ १० गते भारतको हरिद्वारबाट नेपाल आई नवलपुरको बर्दघाट (सुस्ता) पूर्व देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका देवचुली १ नवलपुरका वर्ष १९ का युवाको पिसिआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । 
 
यसैगरी, गण्डकी प्रदेशको स्याङ्जास्थित क्वारेन्टाइनमा रहेका एक महिलासहित तीन जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी, कर्णाली प्रदेशमा आठ जना कोरोना संक्रमित थपिएका छन् ।
 
यससँगै कर्णाली प्रदेशमा कोराना संक्रमित हुनेको संख्या ४६ पुगेको छ । सो प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतको प्रयोगशालामा दैलेखको नारायणपुर नगरपालिकाका आठ जनामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
 
संक्रमित हुनेहरुमा सो नगरको वडा नं १ का २६ वर्षका युवक, ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष, ४ का एक वर्षका बालक र २० वर्षीय युवती र ७ का १७ वर्षीय किशोर रहेका छन् ।
 
यसैगरी, प्रदेश नं २ मा ७६ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा दुई जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । 
 
संक्रमित हुनेमा सबैभन्दा बढी धनुषाका छन् । धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । 
 
यस्तै, सप्तरीमा थप एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको छ । प्रदेश २ मा कुल संक्रमितको संख्या प्रदेश नं २ मा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० जनामा पुगेको छ । 
 
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९० पुगेको छ । बुधबार ललितपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १८३ जना निको भई घर फर्किएका छन् । मन्त्रालयले थप संक्रमित र मृत्यु हुनेको संख्या भने दिउँसो १ बजेसम्म अद्यावधिक गरेको छैन । 
 
मन्त्रालयका अनुसार हालसम्म ७० हजार ३०५ जना क्वारेन्टाइनमा रहेका छन् भने ६९९ जना विभिन्न अस्पतालमा आइसोलेसनमा उपचाररत छन् ।  

शेयर गर्नुहोस:

0
Shares