मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

शुक्रबार एकैदिन १७० सहित संक्रमितको संख्या १ हजार २१२ पुग्यो

शुक्रबार एकैदिन १७० सहित संक्रमितको संख्या १ हजार २१२ पुग्यो


काठमाडौँ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आज एकैदिन १७० जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । 
 
पछिल्लो २४ घन्टामा थप १७० जनाका सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १६५ पुरुष र पाँच जना महिला संक्रमण भेटिएको हो । 
 
आज देखिएको संक्रमितको संख्या हालसम्मकै सबैभन्दा धेरै हो । यसअघि बिहीबार १५६ जनामा संक्रमण देखिएको थियो । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको संख्या एक हजार २१२ पुगेको छ । यसमा एक हजार १०३ पुरुष र १०९ जना महिला छन् । 
 
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको क्रममा २७ जनामा संक्रमण देखिएको हो । उनीहरुमा झापा कचनाकवल गाउँपालिकाका २४ जना १८–४१ वर्षसम्मका पुरुष र तराईभिट्टाका तीन जना २४–५४ वर्षका पुरुष छन् । 
 
यस्तै, धरान बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच संक्रमित रहेका छन । सप्तरी राजविराजका २०–२६ वर्षका चार जना पुरुष र झापा भद्रपुरका ३४ वर्षका एक जना पुरुष रहेका छन् । यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नौ जना पुरुष संक्रमित भेटिएका छन् ।
 
बारा पचौताका चार जना २७–४५ वर्षका पुरुष हुन् । पर्सा पोखरियाका चार जना २१–४२ वर्षका पुरुष रहेका छन् । पर्सा जिराभवानीका एक जना ३४ वर्षका पुरुष हुन् । यस्तै, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानमा सर्लाहीका ३१ वर्षीया एक महिला भेटिएका छन् । 
 
यस्तै, गण्डकी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा म्याग्दीका ३० वर्षका एक पुरुषमा संक्रमण भेटिएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डुडुवा गाउँपालिकाका १० जनामा सङ्क्रमण देखिएको छ । ती १७–४१ उमेर समूहका हुन् । 
 
यस्तै, भरतपुर अस्पतालको प्रयोगशालामा छ जना पुरुषमा संक्रमण देखिएको छ । कपिलवस्तुका चार जना पुरुष २३–२६ वर्षका पुरुष हुन् । यस्तै, दुई जना नवलपरासीका १९–२१ वर्षका पुरुष छन् । 
 
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ८४ जनामा संक्रमण देखिएको छ । धनुषा खजुरीका ५० वर्षीया एक महिलामा संक्रमण देखिएको छ । संक्रमण देखिएका कपिलवस्तु यशोधराका २३ जना ७ महिने बालकदेखि ५२ वर्ष उमेर समूह हुन् र उनीहरु सबै पुरुष हुन् ।
 
रौतहट राजपुरका ५६ जना २२–७० वर्षसम्मका रहेका छन् । तीमध्ये ५४ पुरुष हुन् र दुई जना चार महिनासहितका बालिका छन् । यस्तै, सर्लाही कौदेना मलङ्गवाका चार जना १९–३० वर्षका तीन पुरुष र एक महिला रहेका छन् । भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण देखिएको छ । 
 
तीमध्ये कपिलवस्तुका १५ जना १७–४४ वर्ष उमेर समूहका पुरुष हुन् । यस्तै, रुपन्देही सैनामैनाका २७ वर्षीय एक पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ११ जनामा सङ्क्रमण देखिएको छ । 
 
दाङ गढवा गाउँपालिकाका दुई जना २८ देखि ४१ वर्षका पुरुष रहेका छन् । यस्तै कपिलवस्तु विजयनगरका नौ जना १७–५२ वर्षका पुरुष हुन् । अहिलेसम्म २०६ जना निको भई घर फर्केका छन् । यस्तै, पिसिआर ६४ हजार १५४ र आरडिटी एक लाख पाँच हजार ४८७ जनामा गरिसकिएको छ ।