मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

थप दुईसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुग्यो

थप दुईसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ पुग्यो


काठमाडौँ । कोभिड–१९ बाट आइतबार थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दैलेख र बाजुरामा एक एकजनाको मृत्यु भएको जानकारी दिए । 
 
योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । दैलेखका दुल्लू नगरपालिका–११ का ३५ वर्षीय पुरुष स्थानीय विद्युत् प्राधिकरणको क्यारेन्टिनमा बसेको मृत्यु भएको थियो । उनको स्वाब सङ्कलन गरेर रिपोर्टमा सङ्क्रमण देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । उनको हिजो निधन भएको थियो । 
 
यस्तै, बाजुरा जिल्लामा पनि मृत्यु भएकी दुई वर्षीय बालिका पनि सङ्क्रमण भएको पुष्टि भएको छ । बालिकामा ज्वरो, झाडाबान्ता र श्वासप्रश्वासमा समस्या आएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको उनले बताए ।
 
बालिकाको यही जेठ १६ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको थियो । बालिकाको आजै बिहान २ः३० बजे निधन भएको थियो । उनका अनुसार बालिका गत जेठ १० गते आमाबुबासहित नेपाल आएकी थिइन् ।
 

शेयर गर्नुहोस:

0
Shares