काठमाडौँ । सरकारले कोभिड–१९ को असहज परिस्थितिमा विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश ल्याउने भएको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउने भएको समितिका प्रवक्ता नारायणप्रसाद बिडारीले बताए । समितिले ‘नेपाल आउने नागरिकलाई ल्याउनसम्बन्धी आदेश– २०७७’ को अनुसार कार्यदेश बनाएर…