लिपुलेकमा ‘भारतीय नाङ्गो हस्तक्षेप’को चौतर्फी विरोध

चितवन । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक निर्माण सुरू गरेको विषयलाई चितवनका राजनीतिज्ञहरुले ‘भारतीय नाङ्गो हस्तक्षेप’ भनेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेस चितवनका स्थानीय नेताहरुले भारतीय पक्षले ठाडो हस्तक्षेप गर्दा ‘सरकार निरीह’ बनेको जनाएका छन् ।    ‘लिपुलेकमात्रै होइन, नेपालसँगको सम्पूर्ण सीमामा भारतले जुन हस्तक्षेप गरेको छ यसको घोर भत्र्सना गर्दछु’,…