मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, थप दुईसहित ३४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो, थप दुईसहित ३४ जनाको मृत्यु


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २३२ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २३ वटा प्रयोगशालामा २४ घन्टामा ४०५० जनाको नमुना परीक्षणका क्रममा २३२ जनामा संक्रमण पुष्टि भएको हो ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । 
 
नेपालमा कोरोना संक्रमणका कारण शनिबार थप दुई जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार यही असाार १७ गते कतारबाट नेपाल आएका गोरखा पालुङटारका एक युवामा कोरोना संक्रमण देखिएपछि १९ गते काठमाडौँ शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।
 
उनी मधुमेहका पनि बिरामी थिए । उनको शनिबार बिहान मृत्यु भएको हो । यस्तै, अर्का संक्रमित रुपन्देहीका हुन् । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ । 
 
प्रवक्ता डा गौतमका अनुसार २४ घन्टामा १०९५ जना निको भई घर फर्किएका छन् । यससँगै उपचारपछि निको भएर घर फर्किनेको संख्या ६४१५ पुगेको छ । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ४६ हजार २९७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १० हजार ३०० जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।
 
उनका अनुसार हाल ३३ हजार १२५ जना क्वारेन्टाइनमा र ९ हजार ४२ जना आइसोलेसनमा रहेका छन् ।

शेयर गर्नुहोस:

0
Shares