नेपाल

थप २९३ सहित कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो

थप २९३ सहित कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुग्यो


काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २९३ जनामा कोरोना पुष्टि भएको छ । देशभरका २५ वटा प्रयोगशालामा २४ घन्टामा ४७१० जनाको नमुना परीक्षणका क्रममा २९३ जनामा संक्रमण पुष्टि भएको हो । 
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । 
 
नेपालमा कोरोना संक्रमणका कारण शनिबार थप दुई जनाको मृत्यु भएसँगै ३४ जनाको मृत्यु भएको छ । डा गौतमका अनुसार आइतबार १३२ जना कोभिड–१९ सङ्क्रमणबाट मुक्त भएका छन् ।
 
अहिलेसम्म ६ हजार ५४७ जना सङ्क्रमणबाट मुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमितमध्ये ४१.५ प्रतिशत बिरामी सङ्क्रमणबाट मुक्त भएका छन् । 
 
प्रवक्ता गौतमका अनुसार हालसम्म २ लाख ५१ हजार ७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख ११ हजार १४६ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ३१ हजार ५७३ जना क्वारेन्टाइनमा र ९ हजार २०३ जना आइसोलेसनमा रहेका छन् ।