काठमाडौँ । नेपाली कांग्रेसले कोभिड–१९ को जोखिम हुन नदिन जारी लकडाउन लम्बिँदै जाँदा अप्ठ्यारोमा परेका सर्वसाधारणलाई पर्याप्त राहत र सुरक्षित ढङ्गले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । सयौँ किलोमिटर पैदल हिँडेर घर गइरहेका नागरिकलाई राज्यको भरथेग आवश्यक पर्ने कांग्रेसले उल्लेख गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै…