काठमाडौँ । विश्वव्यापी प्रकोपका रुपमा फलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले यही जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । पछिल्लो पटक थपिएको लकडाउनको समय यही जेठ २० राति १२ बजे सकिँदै थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले ‘लकडाउन’ लम्बाउने निर्णय गरेको हो । …