मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार ११५४ जनामा कोरोना पुष्टि, एकैदिन थप १६ जनाको मृत्यु

सोमबार ११५४ जनामा कोरोना पुष्टि, एकैदिन थप १६ जनाको मृत्यु


काठमाडौँ । नेपालमा सोमबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार सोमबार थप ११५४ सहित ६५ हजार २७६ जनामा कोरोना पुष्टि भएको छ ।   

पछिल्लो चौबीसघन्टामा १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । एकैदिन कोरोना संक्रमण निको भई १००५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । जुन कुल संक्रमितको ७२.३७ प्रतिशत हो । काठमाडौँ उपत्यकामा थप ६७४ जनामा संक्रमित थपिएका छन् ।   

काठमाडौँका ५३८, ललितपुरका ६२ र भक्तपुरका ७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १६ हजार ४३१ पुगेको छ । जसमा काठमाडौँमा कुल १३ हजार ६६५, ललितपुरमा १ हजार ७२३ र भक्तपुरमा १ हजार ४०९ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ९ हजार ५३३ जनासहित हालसम्म ९ लाख २३ हजार ८२३ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ७ हजार ४०३ जना क्वारेन्टाइनमा र १७ हजार ६११ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ९२१ जना र होम आइसोलेसनमा ८ हजार ६९० जना रहेका छन् । देशभर ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १९६ जना आइसियूमा उपचाररत छन् ।