काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताएका छन् । शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उनले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए । मन्त्री…