नेपालमा बिहीबार थप १२४६ सहित संक्रमितको संख्या ५० हजार नाघ्यो, १८१८ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाभित्र थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको ११ हजार १४४ जनाको पिसिआर परीक्षणका क्रममा १२४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार कोरोना संक्रमितको संख्या ५० हजार ४६५…