मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आइतबार १३२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो, थप १० जनाको मृत्यु

आइतबार १३२५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६४ हजार नाघ्यो, थप १० जनाको मृत्यु


काठमाडौँ । नेपालमा आइतबार १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार आइतबार थप १३२५ सहित ६४ हजार १२२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

एकैदिन कोरोना संक्रमण निको भई ९६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ । जुन कुल संक्रमितको ७२.१० प्रतिशत हो ।

Advertisement
ADVERTISEMENT

काठमाडौँ उपत्यकामा थप ७६७ जनामा संक्रमित थपिएका छन् । काठमाडौँका ६०२, ललितपुरका ६४ र भक्तपुरका १०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १५ हजार ७५७ पुगेको छ । जसमा काठमाडौँमा कुल १३ हजार १२७, ललितपुरमा १ हजार ६६१ र भक्तपुरमा १ हजार ३३५ जना रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप ९ हजार ५८४ जनासहित हालसम्म ९ लाख १४ हजार २९० जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । 

उनका अनुसार हाल ७ हजार ४५१ जना क्वारेन्टाइनमा र १७ हजार ४७८ जना आइसोलेसनमा रहेका छन् । देशभरका संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना र होम आइसोलेसनमा ८ हजार ४०७ जना रहेका छन् ।

 

शेयर गर्नुहोस:

0
Shares