संक्रमण उच्च देखिएपछि सप्तरीको सबै नाका बन्द

सप्तरी । कोरोनाको सङ्क्रमण बढ्नेक्रम नरोकिएपछि स्थानीय युवाको पहलमा राजविराजको हटिया आइतबारदेखि अनिश्चितकालका लागि सिल गरिएको छ ।    सप्तरीको राजविराज नगरपालिका–७ स्थित गुद्री हटिया प्रवेश गर्ने सबै नाका बन्द गरिएको सप्तरी युथ नेपालका विष्णु यादवले जानकारी दिए । राजविराजको चतुर्भुज मार्केट अगाडि  ‘प्रवेश निषेध’ को ब्यानर लगाउँदै युवाले हटिया सिल गरिएको उनले बताए ।…