मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा थप १२०७ संक्रमित, ११४७ जना डिस्चार्ज

नेपालमा थप १२०७ संक्रमित, ११४७ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा थप १२०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार शुक्रबार थप १२०७ सहित ७१ हजार ८२१ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो चौबीसघन्टामा आठ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।    

एकैदिन कोरोना संक्रमण निको भई ११४७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ । जुन कुल संक्रमितको ७३.८१ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ७२४ जना संक्रमित थपिएका छन् । काठमाडौँका ५८३, ललितपुरका ७८ र भक्तपुरका ६३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १९ हजार ८४९ पुगेको छ । जसमा काठमाडौँमा कुल १६ हजार ३६३, ललितपुरमा २ हजार ७८ र भक्तपुरमा १ हजार ७३२ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार १९ जनासहित हालसम्म ९ लाख ७८ हजार २०४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार ३३१ जना क्वारेन्टाइनमा र १८ हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ८३३ जना र होम आइसोलेसनमा १० हजार ५०८ जना रहेका छन् । देशभर २७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २२४ जना आइसियूमा उपचाररत छन् ।