मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मंगलबार १५१३ जनामा कोरोना पुष्टि, एकैदिन दससहित ४९१ जनाको मृत्यु

मंगलबार १५१३ जनामा कोरोना पुष्टि, एकैदिन दससहित ४९१ जनाको मृत्यु


काठमाडौँ । नेपालमा मंगलबार १५१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।    

एकैदिन कोरोना संक्रमण निको भई ७३१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ । जुन कुल संक्रमितको ७२.६१ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ९३४ जना संक्रमित थपिएका छन् । काठमाडौँका ७४७, ललितपुरका ११४ र भक्तपुरका ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २२ हजार ४०९ पुगेको छ । जसमा काठमाडौँमा कुल १८ हजार ३९२, ललितपुरमा २ हजार ४२८ र भक्तपुरमा १ हजार ९१३ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १०  हजार ८९१ जनासहित हालसम्म १० लाख ९ हजार २९८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ५ हजार ७७८ जना क्वारेन्टाइनमा र २० हजार ३९६ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ९ हजार ६८९ जना र होम आइसोलेसनमा १० हजार ७०७ जना रहेका छन् । देशभर ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २१३ जना आइसियूमा उपचाररत छन् ।