मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काठमाडौँ उपत्यकामा ८०९ सहित नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा ८०९ सहित नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ । नेपालमा आइतबार १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा १० जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४७७ पुगेको छ ।    

एकैदिन कोरोना संक्रमण निको भई ८८५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । जुन कुल संक्रमितको ७३.४४ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप ८०९ जना संक्रमित थपिएका छन् । काठमाडौँका ६३३, ललितपुरका १०४ र भक्तपुरका ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या २० हजार ६५८ पुगेको छ । जसमा काठमाडौँमा कुल १६ हजार ९९६, ललितपुरमा २ हजार १८२ र भक्तपुरमा १ हजार ८०४ जना रहेका छन् ।   

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १० हजार १२३ जनासहित हालसम्म ९ लाख ८८ हजार ३२७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ६ हजार २८१ जना क्वारेन्टाइनमा र १९ हजार १९ जना आइसोलेसनमा रहेका छन् ।   

देशभरका संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । देशभर ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ भने २२५ जना आइसियूमा उपचाररत छन् ।