मंगलबार एक हजार बढी नेपाली स्वदेश फर्किए

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार ११ अन्तर्राष्ट्रिय उडान भएका छन् । विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन् ।   मंगलबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ ।   दुबई र…