मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सोमबार २४४० जनामा कोरोना संक्रमण, एकैदिन थप १९ जनाको मृत्यु

सोमबार २४४० जनामा कोरोना संक्रमण, एकैदिन थप १९ जनाको मृत्यु


काठमाडौँ । नेपालमा सोमबार २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो चौबीसघन्टामा १९ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई ११३३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ । जुन कुल संक्रमितको ७३।७९ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १५३१ जना संक्रमित थपिएका छन् । काठमाडौँका ११७८, ललितपुरका २५९ र भक्तपुरका १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ३० हजार १९९ पुगेको छ । जसमा काठमाडौँमा कुल २२ हजार ७३८, ललितपुरमा ३ हजार ४२५ र भक्तपुरमा २ हजार ४६९ जना रहेका छन् ।   

देशभर अन्य संक्रमितहरुमा सुनसरीका १२२ जना, चितवनका १०३, रौतहटका ८४, नवलपुरका ६६, रुपन्देहीका ५८, मोरङका ५५, काभ्रे र कास्कीका ३६/३६ जना, कैलालीका ३३, सुर्खेतका ३०, बाँकेका २२, बाग्लुङका १८, गोरखा र गुल्मी १७/१७ जना, मकवानपुरका १५, अर्घाखाँचीका १३, धादिङ र रामेछापका १२/१२ जना, नुवाकोट र तनहुँका १०/१० जना रहेका छन् । 

यस्तै, सर्लाहीका ९ जना, झापा, पर्सा, बारा, कपिलवस्तु र बर्दियाका ८र८ जना, सिराहा, दाङ, पाल्पा र कञ्चनपुरका ६/६ जना, उदयपुर, सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी र प्युठानका ५/५ जना, स्याङ्जाका ४, ओखलढुंगा, खोटाङ, पर्वत र दैलेखका ३/३ जना, महोत्तरी, सिन्धुली, लजमुङ, डडेलधुरा, डोटी, दार्चुला र बैतडीका २/२ जना रहेका छन् ।  

यसैगरी, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा, धनुषा, दोलखा, कालीकोट, रुकुम पश्चिम, सल्यान, अछाम, बझाङ र बाजुराका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन्  । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १३ हजार ७८१ जनासहित हालसम्म १० लाख ८८ हजार २२९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ३३ जना क्वारेन्टाइनमा र २३ हजार ५०७ जना आइसोलेसनमा रहेका छन् ।   

२३ हजार ५०७ जना सक्रिय सङ्क्रमितमध्ये १२ हजार ३१६ जना होम आइसोलेसनमा र ११ हजार १९१ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर २४४ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ४३ जना भेन्टिलेटरमा उपचाररत छन् ।