काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिगो विकासका लक्ष्यलाई राष्ट्रिय योजना र कार्यक्रमहरुमा मूल प्रवाहीकरण गरिएको बताएका छन् । उनले ती कार्यक्रमलाई अहिले नेपाल सरकारले स्थानीय तहसम्म पु¥याएको उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको ७५औँ महासभाका अवसरमा महासचिव एन्टोनियो गुटरेसले शुक्रबार राति राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजना गरेको दिगो विकासका लक्ष्यसम्बन्धी उच्चस्तरीय बैठक ‘एसडिजी २०२०…