नेपाल

बुधबार २६३८ जनामा कोरोना पुष्टि, एकैदिन १२ जनासहित ६७५ जनाको मृत्यु

प्रकाशित |

काठमाडौँ । नेपालमा बुधबार २६३८ जनामा कोरोनाभाइरस पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।   

उनका अनुसार नेपालमा कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।  

एकैदिन कोरोना संक्रमण निको भई २१७४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । जुन कुल संक्रमितको ६८.६१ प्रतिशत हो ।    

काठमाडौँ उपत्यकामा थप १४०३ जना संक्रमित थपिएका छन् । काठमाडौँका ९९६, ललितपुरका ३०५ र भक्तपुरका १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या ४६ हजार ६५२ पुगेको छ । जसमा काठमाडौँमा कुल ३४ हजार ८९३, ललितपुरमा ५ हजार ८९८ र भक्तपुरमा ३ हजार ६९४ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

प्रवक्ता डा गौतमका अनुसार देशभरका ३९ वटा प्रयोगशालामा थप १३ हजार ९२७ जनासहित हालसम्म १२ लाख २१ हजार ३८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने ३ लाख १२ हजार ४०२ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ । उनका अनुसार हाल ४ हजार ६६६ जना क्वारेन्टाइनमा र ३६ हजार ३६७ जना आइसोलेसनमा रहेका छन् ।   

सक्रिय सङ्क्रमितमध्ये २१ हजार ५४८ जना होम आइसोलेसनमा र १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् । मन्त्रालयका अनुसार देशभर ३०५ जना कोरोना सङ्क्रमित विभिन्न अस्पतालको सघन उपचार कक्षमा र ७० जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया