मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपराध रोक्ने गरी सुरक्षा रणनीति बनाउन गृहमन्त्रीको निर्देशन

अपराध रोक्ने गरी सुरक्षा रणनीति बनाउन गृहमन्त्रीको निर्देशन


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले कोरोनाका कारण उत्पन्न आर्थिक र सामाजिक असरले अपराधका घटना बढ्न सक्ने भएकाले त्यसलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् । 

भर्चुअल रुपमा मंगलबार आयोजना गरिएको प्रदेश १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेकाले यसलाई रोक्ने गरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिएका हुन् । उनले भने, “नयाँ चुनौतीलाई सफलतापूर्वक सम्पन्न गर्न र  जनताको जीउधनको सुरक्षा गर्न सुरक्षा रणनीति परिमार्जन गर्नुपर्छ, उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको गोष्ठीले सहयोग गर्ने छ ।”

Advertisement

उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशील हुन निर्देशन दिए । गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको जानकारी गराए । सिमानाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाइराख्न समेत उनले निर्देशन दिए । 

उनले प्रहरी समायोजनबारेको प्रस्ताव पास भइसकेको जानकारी दिँदै अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वास व्यक्त गरे । उनले दसैँतिहारजस्ता चाडपर्व नजिकिएको भन्दै कालोबजारी र महँगी नियन्त्रणका लागि नियमित रुपमा बजार अनुगमन र कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए । 

गृहमन्त्री थापाले चाडपर्वलक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिए । कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा मंगलबार प्रदेश नं १ मा आयोजना भएको हो । 

गोष्ठीलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई,  सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतले सम्बोधन गरेका थिए । 

शेयर गर्नुहोस:

27
Shares