मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चाडबाडमा फेरि बन्दाबन्दी गर्ने सरकारको चाहना छैन : प्रवक्ता ज्ञवाली

चाडबाडमा फेरि बन्दाबन्दी गर्ने सरकारको चाहना छैन : प्रवक्ता ज्ञवाली


काठमाडौँ । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले चाडबाडका बेला फेरि बन्दाबन्दीतर्फ जान नपरोस् भन्ने सरकारको चाहना रहेको बताएका छन् ।  

यही असोज २२ गते बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा उनले नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको बताए । 

पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणमा तीव्रता आएको प्रसङ्ग उल्लेख गर्दै उनले अझै पनि सबै सचेत भएमा बन्दाबन्दी गर्नुपर्ने स्थिति नआउने बताए । कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंँ पछि परेकामा मन्त्री ज्ञवालीले असन्तुष्टि व्यक्त गर्दै काठमाडौँले कोरोना रोकथाम र नियन्त्रणका लागि देशका केही जिल्लाबाट राजधानीले सिक्नुपर्ने बताए । 

बाँके, कपिलवस्तु, उदयपुर र वीरगञ्जमा भयावह बन्दै गएको कोरोना महामारीलाई कसरी त्यहाँका सम्पूर्ण निकायले नियन्त्रणमा लिए भन्नेबारे झण्डै ४० लाख जनसङ्ख्या भएको काठमाडौँका नागरिक, जनप्रतिनिधि र संघसंस्थाले सिक्न उनले सल्लाह दिए । उनका अनुसार देशका सम्पूर्ण कोरोना सङ्क्रमितमध्ये झण्डै ६० प्रतिशत काठमाडौंँमा छन् ।

यसवर्ष दसैँलगायत चाडवाड उल्लासका साथ मनाउने अवस्था नभएको बताउँदै उनले अभिभावक र ज्येष्ठ नागरिकको सुरक्षा एकदमै महत्त्वपूर्ण रहेको र उनीहरुको जीवनमा हाम्रै हातमा भएको कुरालाई बिर्सन नहुनेमा जोड दिए । रासस