काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने संगठनकै छवि उच्च रहने बताएका छन् । उनले आमनागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्नेमा जोड दिए । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा बुधबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा सञ्चालित ११८०औँ समूहको दीक्षान्त समारोहमा महानिरीक्षक थापाले दीक्षित भई कार्यक्षेत्रमा…