उडिरहेको हेलिकप्टरमा चिल ठोक्किएपछि….

बागलुङ । जिल्लाको गलकोट नगरपालिकाबाट आइतबार दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो ।   नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चिल हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो, सिसा फुट्यो । हेलिकप्टरमा सवार यात्रु अत्तालिए ।   अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराए । हेलिकप्टरलाई…