नेपाल

बुधबार १०५६ जनामा कोरोना संक्रमण, १४८३ जना डिस्चार्ज, थप १४ जनाको मृत्यु

बुधबार १०५६ जनामा कोरोना संक्रमण, १४८३ जना डिस्चार्ज, थप १४ जनाको मृत्यु


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font

काठमाडौँ । नेपालमा बुधबार कुल ६२८६ जनाको नमुना परीक्षण गरिएकोमा १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरणअनुसार बुधबार थप १४ सहित १६५१ जनाले ज्यान गुमाएका छन् ।

Advertisement

पछिल्लो २४ घन्टामा थप १४८३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । जुन कुल संक्रमितको ९४.३२ प्रतिशत हो । 

काठमाडौँ उपत्यकामा थप ५०७ जना संक्रमित थपिएका छन् । काठमाडौँका ३९३, ललितपुरका ७५ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।    

हालसम्म उपत्यकाभित्र संक्रमित हुनेको संख्या १ लाख १३ हजार ९२८ पुगेको छ । जसमा काठमाडौँमा कुल ९१ हजार ५७७ संक्रमित भएका छन् । यस्तै, ललितपुरमा १३ हजार ९७८ जना संक्रमित भएका छन् भने भक्तपुरमा ८ हजार २७८ जना रहेका छन् ।   

मोरङ, सिरहा, ललितपुर, काठमाडौँ, भक्तपुर र रुपन्देहीमा पाँच सय बढी सक्रिय सङ्क्रमित रहेका छन् । ७७ जिल्लामध्ये कोभिड–१९ शून्य भएको जिल्ला मनाङ मात्र रहेको छ । 

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार हालसम्म १७ लाख ०५ हजार ९७२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । हाल देशभरका क्वारेन्टाइनमा ५२५ जना र आइसोलेसनमा १२ हजार २४५ जना रहेका छन् ।