काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको विघटन संविधानको मर्म र भावनाविरुद्ध रहेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार भृकुटीमण्डपमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरिए पनि वास्तविक अर्थमा विघटन नभएको बताए । “सदनभित्र गएर विकल्प…