काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरेकी छन् । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । उनी ४४औँ प्रधानसेनापति हुन् । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्…