मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

टिभी टुडेका पत्रकार एलबी विश्वकर्माको निधनप्रति महासंघद्वारा शोक व्यक्त

टिभी टुडेका पत्रकार एलबी विश्वकर्माको निधनप्रति महासंघद्वारा शोक व्यक्त


काठमाडौँ । नेपाल पत्रकार महासंघले बिहीबार एक शोक विज्ञप्ति प्रकाशित गर्दै टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को २४ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको जनाएको छ ।
 
स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु¥याइएका विश्वकर्माको उपचारकै क्रममा बिहीबार बिहान ३ः०० बजे निधन भएको हो । स्वर्गीय विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् ।  
 
अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए । उनले इमेज टेलिभिजन, जनता टेलिभिजन, इकागज डटकम लगायतमा काम गरेका थिए । उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील र जुझारु युवा पत्रकार गुमाएको ​​महासचिव रोशन पुरीले विज्ञप्तिमा उल्लेख गरेका छन् । 
 
विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार विश्वकर्माको सहज उपचार नपाउँदा निधन भएको सुन्नमा आएको छ । यो अत्यन्त दुःखद् र गम्भीर विषय हो । महासंघ स्वर्गीय पत्रकार विश्वकर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।’