काभ्रेपलाञ्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरसविरुद्धको दुई करोड खोपको मात्रा मौज्दात रहेको बताएका छन् । उनले दोस्रो मात्रा लगाइसकेका सबैलाई तेस्रो खोप लगाउन आग्रह गरे । नेकपा (एकीकृत समाजवादी) रोशी गाउँपालिका–६ को वडा भेलालाई शनिबार सम्बोधन गर्दै ‘बुष्टर’का रुपमा दोस्रो मात्रा खोप लगाएकालाई तेस्रो खोप लगाउन आग्रह गरेका हुन् । …