काठमाडौँ । आठ हजार मिटरभन्दा अग्लो विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आरोही सानु शेर्पालाई सरकार तथा निजी क्षेत्रको तर्फबाट भव्य सम्मान गरिएको छ । आरोहण सकेर शनिबार काठमाडौँ फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल पर्वतारोहण सङ्घ, पर्यटन विभाग, नेपाल पर्यटन…