काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक पर्वहरुको संरक्षण सबैको साझा दायित्व रहेको बताएकी छन् । गुरुङ समुदायको ऐतिहासिक एवं परम्परागत सांस्कृतिक पर्व ट्होटेंका अवसरमा तमुधिँ नेपालले मंगलबार पोखरामा आयोजना गरेको विशेष कार्यक्रममा उनले नेपाली संस्कृतिको संरक्षण र सम्वर्द्धनमा विभिन्न जातजाति तथा भाषा समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले नेपाली संस्कृतिको…