प्रदीप गिरी : कम्युनिस्टलाई मार्क्सवाद पढाउने गुरु

काठमाडौँ । राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहनुभयो तर जीवनभर उहाँ मार्क्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप गिरी ।     “आर्थिक विकासलाई मात्र समाजवाद भन्न सकिँदैन”, नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका समाजवादी चिन्तक गिरीले सधैँ यसमा जोड दिँदै आउनुभयो । आर्थिक समृद्धिका लागि जीवित व्यक्तिलाई खुसी बनाउनुपर्ने धारणा विचार थियो…