राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने

काठमाडौँ । भारतको डा एपिजे अब्दुल कलाम फाउन्डेसनले नेपाली राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई उनले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’ प्रदान गर्ने भएको छ ।   फाउन्डेसनले भारतका पूर्वराष्ट्रपति कलामको ९१ औँ जन्मजयन्तीका अवसरमा आगामी १५ अक्टोबर (असोज २९ गते) पश्चिम बङ्गालमा हुने कार्यक्रममा…