खेतको भ्यागुतो पनि अनावश्यक ट्र्वार–ट्र्वार कराउँदैन विषालु सर्पले पनि उसलाई नबिच्क्याई कसैलाई त्यसले डस्तैन यदि आफैमा एउटा स्यानो झिल्को सल्केको छैन भने तालुमै सूर्य खसे पनि मान्छे डढ्दैन मान्छे आफैं आगोको सबैभन्दा तातो भुङ्ग्रो हो मात्तिन्छ भने उसले सूर्यलाई पनि कत्ति ठाउँ कत्ति पटक अंगार डढाएको छ मान्छेले धेरै समय धेरै चोटि स्वयम् भेललाई पनि…