मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

अकुत सम्पत्ति कमाएको अभियोगमा विकल पौडेलविरुद्ध मुद्दा दायर

अकुत सम्पत्ति कमाएको अभियोगमा विकल पौडेलविरुद्ध मुद्दा दायर

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध अर्को मुद्दा दायर गरेको छ । यसअघि पनि आयोगले पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।

आयोगले पौडेलविरुद्ध रु ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको बिगो दाबी गरिएको छ । गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको छ ।

पौडेलले सिङ्गापुरस्थित युनाइटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकामा रु २८ करोड ९५ लाख ७५ हजार छ सय ८९ बराबरको रकम जम्मा गरेको पाइएको छ ।

यस्तै, विभिन्न सामान आपूर्तिकर्तासँग कसिमन लिई विदेशी बैंकमा रकम जम्मा गरेकोसमेत आयोगको अध्ययनमा खुलेको छ । रु ६२ करोड १९ लाख १८ हजार छ सय ८४ बराबरको रकमको कुनै पनि स्रोत नखुलेको पाइएकाले अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै, पौडेलकी श्रीमती एलिना बस्नेत, बाबु धर्मप्रसाद शर्मा पौडेल, आमा शीतल पौडेलको नाममा समेत नगद जिन्सी, सवारीसाधन, घरजग्गा खरिद गर राखेको पाइएकाले उनीहरुलाई पनि आयोगले प्रतिवादी बनाएको छ ।

आयोगले मिहिन अध्ययन गरी बिगोबमोजिम कारबाहीको माग र कैद सजायको समेत माग गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।