काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले नेपाली आकाशमा लगातार हवाई दुर्घटना हुनु चिन्ताको विषय भएको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरूङले दुर्घटनाको कारण पत्ता लगाएर समाधानका उपाय पहिल्याउन सरकारले योजनाबद्धरूपमा काम गरिरहेको स्पष्ट पारे ।
हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुनेतर्फ सरकार सचेत रहेको उल्लेख गर्दै सरकारका प्रवक्ता गुरूङले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सरकार प्रतिबद्ध रहेको बताए ।
बुधबारको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा भएको हेलिकप्टर दुर्घनाको सत्यतथ्य पत्ता लगाउन आयोग गठन गरिसकेको जानकारी दिँदै उनले आयोगको सिफारिसका आधारमा यस क्षेत्रमा देखिएका कमिकमजोरी सुधारिने विश्वास दिलाए ।
प्रतिक्रिया