मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने

प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने


काठमाडौं । सञ्चार क्षेत्रको प्रवद्र्धन र प्रभावकारिताका लागि प्रेस काउन्सिल नेपालले रचनात्मक पत्रकारिता अभियानलाई देशव्यापी बनाउने भएको छ ।

हरेक क्षेत्रमा नकरात्मकता छाएको र सामाजिक सञ्जालले त्यसमा मलजल गरेको निष्कर्ष साथ काउन्सिलले फरक धारको पत्रकारिताका लागि विभिन्न काम गरिरहेको जानकारी दिएको हो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशा जगाई हरेक काममा प्रभावकारिता ल्याउन फरक धारको पत्रकारिता जरुरी भएको बताउनुभयो ।

विभिन्न लेखक एवं सञ्चारकर्मीहरुसँग सोमबार काउन्सिलमा भएको अन्तक्र्रियामा अध्यक्ष बस्नेतले भन्नुभयो, हरेक क्षेत्र, व्यक्ति, संस्था असफल भएको भाष्य निर्माण गर्न जानीनजानी मिडिया क्षेत्र पनि लागेको देखिएको छ । सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ । यो बेला मिडियाले रचनात्मक र सृजनात्मक पत्रकारिता गरी गलत भाष्यलाई चिर्नुपर्ने जरुरी भएको छ ।

अध्यक्ष बस्नेतले समाजमा देखिएका वेथिति र समस्यालाई प्रश्न उठाउनुपर्ने र पत्रकारले त्यसमा समाधानका विकल्पहरु समेत औंल्याउनुपर्ने सुझाव दिए ।

अब यो भएन, त्यो भएन भन्ने प्रश्न मात्र त सामाजिक सञ्जालबाटै आम मानिसले उठाउन सक्छन् । सञ्चारकर्मीले त्यो भन्दा माथि उठि, रचनात्मक भई समाधनका विकल्पहरु पस्किनुपर्छ । सबैतिर नकरात्मकता र नैराश्यता पक्कै छैन । आशाको बाटो डोर्याउने काम समेत पत्रकारिताको हो, अध्यक्ष बस्नेतले भन्नुभयो ।

शेयर गर्नुहोस:

540
Shares