काठमाडौँ । देशका विभिन्न भागमा सामाजिक तथा जातीय सद्भावमा खलल पुग्ने गरी भइरहेका पछिल्ला घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सम्पूर्ण नेपालीहरूलाई आपसी एकता र सद्भाव कायम राख्न आह्वान गरेका छन् । निर्मल निवासस्थित संवाद सचिवालयद्वारा बिहीबार जारी वक्तव्यमा सुनसरीसहित कोशी क्षेत्र र तराईका भू–भागमा हालै भएका द्वन्द्व र विवादप्रति गम्भीर ध्यानाकर्षण भएको…