धुर्मुस–सुन्तलीलाई प्रधानमन्त्रीको सहयोग

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण अभियानमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने भएका छन् ।     प्रधानमन्त्री निवास बालुवाटारमा आज धुर्मुस–सुन्तलीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो पहिलो महिनाको तलब फाउन्डेसनलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।     “भूकम्पपछिको मानवीय विपत्तीलाई राहत दिन तपार्इंहरुले चलाएको अभियान प्रशंसनीय छ ।…